पाल्पा । पाल्पामा शनिबार विजुली जाने (विद्युत आपूर्ति अवरुद्ध हुने) भएको छ । शनिबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म ६ घण्टा विजुली जाने नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रले जनाएको छ ।
पाल्पा वितरण केन्द्रको बजार फिडर अन्तर्गत (बर्तुङ–रुप्से) खण्डमा लाइनका वरपर रहेका रुखका हाँगा तथा झाडी कटान गरिने भएकाले विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । पाल्पा वितरण केन्द्रले शुक्रबार साँझ एक सूचनामार्फत विद्युत आपूर्ति अवरुद्ध हुनेबारे जानकारी दिएको हो ।
यसबाट उपभोक्तामा पर्ने असुविधाप्रति पनि प्राधिकरण क्षमाप्रार्थी रहेको जनाएको छ ।

विद्युत आपूर्ति अवरुद्ध हुनेबारेको सूचना



