तानसेन। गृहमन्त्री बालकृष्ण खाँणले सरकारले साना दललाई चुनाव चिन्ह प्रदान गर्न छुट्टै अध्यादेश ल्याउने बताएका छन् ।

शनिबार पाल्पाको रामपुर नगरपालिकाको प्रशासनिक भवनको समुद्घाटन गर्दै राष्ट्रिय दलको मान्यता पाउन नसकेका साना दलहरुदलको अतित्व रक्षाका लागि सरकारले छुट्टै अध्यादेश ल्याउने बताएका हुन् ।

गृहमन्त्री खाँणले जनताको हक, अधिकार र लोकतन्त्रको कार्यान्वयन गर्नका लागि निर्वाचनमा भाग लिन सबै दललाई आग्रह पनि गरे ।

स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने बताउदै गृहमन्त्री खाँणले सबै राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी हुन आव्हान गरे ।

गृहमन्त्री खाडले हिंसाको राजनीति परित्याग गरेर, द्धन्द्धको राजनीति बिसाएर शान्तिको बाटोमा जान सरकारले वातावरण बनाउने पनि दावी गरे।

तस्वीर : ईमान सिं राना

यसैबीच गृहमन्त्री खाँणले सरकारले नेपाल सुरक्षाको प्रत्याभुती गर्ने क्रममा अब छिटै देशभर नयाँ प्रहरी कार्यालय स्थापना गर्ने र शान्ति सुरक्षाको हिसाबले सबैभन्दा पहिलो प्रहरी कार्यालय रामपुर हुने बताए ।

रामपुर नगरपालिकाको चार तले प्रशासनिक भवन ५ करोड ८७ लाखबढीको लागतमा निर्माण सम्पन्न गरेको हो ।

तपाईको प्रतिक्रिया