पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका –३ भुतखोलामा डुबेर अर्का एकजना पुरुषको मृत्यु भएको छ ।

आईतबार साथीहरुसँग घुम्न आएका भारतको गोखरपुरका २८ वर्षीय सान्तनु नन्दिको भुतखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गत शुक्रबारमात्रै सोही स्थानमा डुबेर रुपन्देहीका एक पुरुषको मृत्यु भएको थियो ।

तस्वीर : कृष्ण पाण्डेको फेसबुकबाट

सम्बन्धित समाचार :

आईतबार दिउँसो आफ्ना अन्य तीनजना साथीहरुसँग घुम्न पुगेका नन्दि फोटो खिच्ने क्रममा ढुंगामा चिप्लिएपछि भुतखोलामा डुबेका थिए ।

उनको अचेत अवस्थामा उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया