चैत १७ देखि रिडीमा ‘अर्गली–पाल्पा महोत्सव’ हुने

पाल्पा । पाल्पा, गुल्मी र स्याङजा जिल्लाको संगमस्थल रुरु धाम रिडीमा ‘अर्गली–पाल्पा महोत्सव २०७८’ हुने भएको छ ।

अर्गली जनचेतना युवा मञ्चको आयोजना तथा तानसेन नगरपालिका –१४ को सहयोगमा यहि चैत १७ देखि २७ गतेसम्म रिडीको ऋषिकेश मन्दिर परिषरमा महोत्सव हुने भएको हो । युवा मञ्चले मंगलबार महोत्सवस्थल रिडीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिएको थियो ।

लोकप्रिय गायक अर्जुन कौशल अध्यक्ष रहेको युवा मञ्चले ‘पाल्पा, गुल्मी, स्याङजाको संगमस्थल रुरु धाम जाउ, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउ’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागेको जनाएको छ । युवा मञ्चका अध्यक्ष कौशलले सबैको साथ र सपोर्टको मेला सफल हुने बताए ।

तपाईको प्रतिक्रिया