
पाल्पा । यातायात कार्यालयहरूबाट प्रदान गरिने सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरिने भएको छ । यातायात व्यवस्था विभागले आज साँझ ५ बजेदेखि देशभरका यातायात कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने सूचनामार्फत जानकारी गराएको हो ।
विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै समस्या समाधान नभएसम्म सबै सेवा अवरुद्ध हुने भएको सूचनामा उल्लेख गरिएको छ ।
सर्भर नबन्दासम्म सवारी दर्ता, नवीकरण, नामसारी र कर भुक्तानीसम्बन्धी काम बन्द हुनेछन् ।