तानसेन। पाल्पामा चार वर्षकी बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थायी घर रोल्पा भई हाल तिनाउ गाउँपालिकामा बस्दै आएकी ४ वर्षकी बालिकालाई करणी गरेका आरोपमा प्यूठानको झिम्रुक गाउँपालिका वडा नं.६, का २५ वर्षीय प्रेम पुनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत आइतबार रातिको समयमा बालीकालाई करणी गरेको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।
करणी गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।