तानसेन। नेकपा एमाले पाल्पाले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन माग गरेको छ ।
एमाले पाल्पाले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य बीमाको रकम भक्तानीमा ढिलाई भएको विषयमा समेतनेकपा एमाले गम्भीर भएको बताएको छ ।
पार्टी अध्यक्ष धनेन्द्रराज घिमिलेद्धारा जारी विज्ञप्तिमा भनिएको पाल्पा अस्पताललाई थप सेवा सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गरी विशेषज्ञ सेवा समेतको व्यवस्था गर्न माग गरेको छ ।
बीमाको प्रथम सेवा प्रदायक अस्पतालबाट सहज र सुलभ ढंगले सिफारिस उपलब्ध हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको वित्रप्तिमा उल्लेख छ । रकम उपलब्ध नभएको बहानामा जनतालाई सेवा नै नदिने सार्वजनिक घोषणा फिर्ता गर्न पनि नुरोध गरेको छ ।
हेर्नुहोस विज्ञप्ति
याे पनि हेर्नुहास्ः