
पाल्पा । जिल्ला निर्वाचन कार्यालय पाल्पाको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ सम्वन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफल कार्यक्रम जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी, सरकारी कार्यालयका प्रमुखका उपस्थिति रहेको थियो ।
आगामी स्थानीय तहको निर्वाचनमा मतदाता नामावली उपलब्ध गराउदा लाग्ने शुल्क, उमेदवार हुन लाग्ने शुल्क, निर्वाचन आयोगबाट जारी गरिएका कानुनहरु, पाल्पा जिल्लाको स्थानीय तह र निर्वाचन अधिकृतको कार्यालय, मतदाता संख्या, मतदानस्थल र मतदानस्थलका सम्वन्धि जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्मागत अर्यालले बताए ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जिल्लामा निर्वाचन सम्वन्धि देखिएका जटिलताहरु स्थानीय तहका निर्वाचन अधिकृतको उपस्थितिमा नै हल गर्ने बताए ।
कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुखहरुले मतदानस्थल, मतदाता परिचयपत्र, आयोगबाट जारी गरिएका व्यवस्थाहरुलाई दलको अनुकुल नभएकोले सच्चाएर अघि बढ्न सुझाव दिएका थिए ।