पाल्पा प्रशासनले पुनःनिकाल्यो हतियार बुझाउन सूचना

तानसेन। जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचना निकालेको छ ।

प्रशासनले गत चैत्र ८ गते १५ दिनको सूचना स्थानीय निर्वाचन लक्षित गरी इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको थियो । तर केही व्यक्तिहरुले अहिलेसम्म पनि हातहतियार नबुझाएको हुँदा पुनः सूचना निकालेको प्रमुख जिल्ला अधिकारी जगन्नात पन्तले बताए ।

प्रजिअ पन्तका अनुसार समयावधि भित्र हातहतियार नबुझाए पछि खानतलास गरी फेला परेमा इजाजत समेत रद्द गरिने छ। अहिले जारी गरिएको सूचना अनुसार चैत्र मसान्तसम्म सबैले हातहतियार बुझाउन पर्ने र इजाजत नलिइ राखेका हतियार समेत बुझाउन स्थानीय प्रशासनले अनुरोध गरेको ।

यदी  लुकाएर राखेको हातहतियार फेला परेमा कानून बोजिम हदैसम्मको कारबाही हुने पनि प्रशासन कार्यालयले जनाएको छ।

निर्वाचन सुरक्षाका दृष्टिले मागिएका इजाजत प्राप्त हातियार भने निर्वाचन पश्चात फिर्ता गरिने पनि स्थानीय प्रशासनले जनाएको छ ।

हेर्नुहोस वज्ञिप्ति

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer