
तानसेन। पाल्पामा चैत २३ गतेदेखि सुरु भएको टाइफाइड विरुद्धको खोप अभियानमा हालसम्म ८० प्रतिशत बढी बालबालिकाले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय पाल्पाले दशै स्थानीय तहमा गरी ७ सय ८० खोप केन्द्रबाट संचालन गरेको अभियानमा हालसम्म ८०.२७ प्रतिशत अर्थात ५७ हजार ६५ जना बालालिकाले खोप लगाएका हुन् ।
बालबालिकाको वार्षीक परीक्षालाई लक्षित गरी सरकारको तोकेको समयभन्दा अघिदेखि नै खोप अभियान सुरु गरिएकोहालसम्म ८ स्थानीय तहमा अभियान सम्पन्न भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
चैत्र मसान्तभित्रै अभियान सक्ने गरी बाकी रहेका तिनाउ र बगनासकाली गाउँपालिकामा अहिले पनि अभिजान जारी रहेको स्वास्थ्य कार्यालय पालपाका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिए ।
अभियानका क्रममा पूर्वखोला गाउँपालिकामा लक्ष्यभन्दा बढी अर्थात १०३.७३ प्रतिशत प्रगति हाशिल भएको र हालसम्म सबैभन्दा कम रिब्दीकोट गाउँपालिकामा ७४.९० प्रतिशत बाल बालिका खोपमा सहभागी भएको डा.गिरीले बताए ।
अहिले संचालन भएको अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइएको रछुटेकालाई पुनः स्वास्थय संस्थामार्फत तथा बैशाखदेखि नियमित खोपकै रुपमा लगाउने पनि स्वास्थय कार्यालयले जनाएको छ ।
पाल्पामा कुल ७१ हजार ८७ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ । जसका लागि १८३ जना स्वास्थ्यकर्मी, ६२२ जना स्वास्थ्य स्वयम्सेविका, १ हजार ७५ जना स्वयम्सेवक, ८१ जना सुपरीवेक्षक, ४५३ जना शिक्षकलाई खटाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।