परियार समाज गुठीद्धारा प्रकाशित क्यालेन्डरको विमोचन

पाल्पा ।तानसेनस्थित परियार समाज गुठीले क्यालेन्डर विमोचन गरेको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले क्यालेन्डर विमोचन गदै राष्ट्र निर्माणका सुत्रधार विसे नगर्ची कोष स्थापना गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय स्तरमा बहस गर्न नगर्चीको नाममा कोष स्थापना गर्न आवश्यक रहेको देखिएको शाहीले बताए ।

कार्यक्रममा परियार गुठीका संस्थापक सूर्य प्रकाश दर्नाल, आनन्द्र बुढाप्रिती, परियार जातिका मानिसलाई खुसी र सुखी बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा गुठीका अध्यक्ष तीर्थ प्रसाद गौतमको अध्यक्षता र महासचिव सुजन कार्कीको सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया