
तानसेन। पाल्पामा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
शुक्रबार बेलुका रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ६ स्थित पानीडाँडादेखि जुठापैवातर्फ जाँदै गरेको ग १ ख ४९०२ नं. को बुस दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार घाइते हुनेमा बसका चालक अन्दाजी ४५ वर्षीय वेदबहादुर जिसीसहित अन्य १२, १५ वर्ष उमेर समूहका ५ जना बालक रहेका छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र सबै घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाईएको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका ५ बजेतिर दुर्घटना भएको बस सडकदेखि ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाकी रहेको पनि प्रहरीले जनाएको छ ।