तानसेन। पाल्पामा टाइफाइट विरुद्धको खोप अभियानलाई नियमित रुपमा संचालन गरिने भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले बुधबारदेखि नियमित खोप कार्यक्रममा टाइफाइट विरुद्धको खोप पनि सुभारम्भ गरेको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले नियमित टाइफाइड खोप कार्यक्रमको शुभारम्भ गर्दै खोप कार्यक्रममा धेरै भन्दा धेरै बालबालिकालाई समेट्नुपर्ने बताए ।
अबदेखि टाइफाइड विरुद्धको खोप सरकारी स्वास्थ्य संस्थाबाट नियमित संचालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । १५ महिना देखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप नियमित रुपमा दिइने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
यसअघि चैत्रको २३ गतेदेखि ३० गतेसम्म जिल्लाका सबै स्थानीय तहमा टाइफइट विरुद्धको खोप अभियान संचालन भइसकेकोर छुटेका बालबालिकालाई नियमित खोपमार्फत सहभागि गराउने लक्ष्य स्वास्थ्य कार्यालय पाल्पाले लिएको छ ।