तिनाउ गाउँपालिकाका प्रवक्ता श्रेष्ठले दिए राजीनामा

तानसेन। पाल्पाको तिनाउ गाउँपालिका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिनका लागि गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती समक्ष राजीनामा दिएका हुन् ।

सर्वाेच्च अदालतले बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दिन नपाउने फैसला गरेको हुँदा पदबाट राजीनामा दिएको श्रेष्ठले बताए ।

यसैबीच श्रेषठको राजीनामा आजै स्वीकृत भएको छ। गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले राजीनामा स्वीकृत गर्दै निर्वाचनमा उम्मेदवारी दिनका लागि मार्ग प्रसस्त गरिदिएको जानकारी दिएका छन् ।

श्रेष्ठ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचत भएका थिए । राजीनामा दिदैं श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।

२०७४को स्थानीय तहको निर्वाचनमा तिनाउ गाउँपालिका वडा नं २ को वडा अध्यक्ष भई जनताका बीच पुगेर वडाबासी नागरिकहरुको पक्षमा आफ्नो विवेकले भ्याएसम्म सकेको काम गर्दा गर्दै आगामी निर्वाचनको तयारीका लागि बहालवाला पदबाट अनिवार्य राजिनामा दिनुपर्ने कानुनी प्रावधान अनुसार आज राजिनामा पेश गरेकोछु। यस अवधिमा जनताको पक्षमा काम गर्ने सन्दर्भमा म र मेरो टिमलाई सहयोग पुर्याउनु हुने यस वडाका ८ वटै टोल विकास संस्थाका अध्यक्षज्युहरु,नागरिक समाजका अगुवाहरु,राजनीतिक दलका साथीहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। मलाई तिनाउको प्रवक्ता बन्ने अवसर दिई तिनाउका सबै गाउँ बस्तीहरुमा पुगेर जनताहरु र भूगोलसँग परिचित हुने अवसर दिनु भएकोमा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीलाई विशेष धन्यवाद दिन चाहन्छु।लगभग ५ वर्षका बीचमा काम गर्ने क्रममा जान अनजान केही कमजोरी भएको भए क्षमा दिनु हुनेछ भन्ने आशा र विश्वासका साथ पार्टी र जनताले दिने जिम्मेवारी पूरा गर्न सदैव तयार रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।

तपाईको प्रतिक्रिया