तानसेन। स्थानीय तहको निर्वाचन सुरक्षालाई मध्ययनजर गरी पाल्पा प्रहरीले इजाजत प्राप्त हातहतियार बरामद गरेको छ।
जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर हातहतियार बुझाउन अनुरोध गरेसंगै विभिन्न ११ थरीका १७ थान बन्दुक र पाचँसय ४२ थान गोली बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बिरेन्द्र थापाले दिएको जानकारी अनुसार बाह्र बोर नाले बन्दुर तीन नाल तथा २३६ थान गोली, १ नाले टोटा बन्दुक चार थान र १०६ गोली, दुई नाले बन्दुक,२ नाले १२ वृज लोडिङ बन्दुक, २ नाले वृज लोडिङ बन्दुक, भरुवा बन्दुक, २२ नाले राइफललगायतका हातहतियार विभिन्न इलाका प्रहरी कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
स्थानीय प्रशासनले चुनावका बेला हुन सक्ने घटनालाई मध्यनजर गरी दुई पटकसम्म हातहतियार प्रहरीमार्फत बुझाउन अनुरोध गरेको थियो ।
जस अनुसार यसरी प्राप्त हातहतियार निर्वाच पश्चात फिर्ता गरिने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए।


