पाल्पा।नेकपा एकीकृत समाजवादी पाल्पाले उम्मेदवार टुंगो लगाएको छ।

पार्टीको बैठकले राम्भा गाउँपालिका अध्यक्षमा दुर्गा अधिकारी, पूर्वखोला गाउँपालिका अध्यक्षमा मीनप्रसाद गिरी तथा बगनासकाली गाउँपालिका उपाध्यक्षमा जिल्ला अध्यक्ष खिमान्नद पाण्डे (कमल)ले उम्मेदवारी दिने भएका हुन् ।

यसैबीच बगनासकाली गाउँपालिकामा भने आज बिहानदेखि गठवन्धनमा खटपट आएको नेकपा एसका नेता पदम गैरेले बताए।

गैरेका अनुसार वडामा सहमति नहुदासम्म उपाध्यक्ष पदमा उम्मेदवारी नदिने गरि बैठक जारी रहेको पनि गैरेले बताए।

तपाईको प्रतिक्रिया