
पाल्पा। राष्ट्रिय जनमुक्ति पार्टीले तिनाउ गाउँपालिकामा महिलाहरुलाई मात्र उम्मेदवारी दर्ता गराएको छ ।
राज्य सत्ता सञ्चालनको अवसरबाट बञ्चित रहेका जनजाति महिलाहरुलाई आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्मका उम्मेदवार मनोनयन गराएको जनाएको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मी कुमारी अस्लामी, उपाध्यक्ष बसन्ती थापा (अस्लामी) रहेका छन् ।
त्यसैगरी तिनाउ गाउँपालिका छ नम्वर वडा अध्यक्ष मन कुमारी सिंजाली, दलित सदस्य हुमा कुमारी दर्जी, महिला सदस्य निर्मला सिंजाली, खुला सदस्य कमला अस्लामी, खुला सदस्य नारायणी थापा (अस्लामी) मनोनयन दर्ता गराएको उक्त पार्टीले जनाएको छ ।