समाजशास्त्र विभागको आयोजनामा सर्वे रिसर्च एण्ड डाटा एनालाइस सम्वन्धी गोष्ठी

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस, समाजशास्त्र विभागको आयोजनामा सर्वे रिसर्च एण्ड डाटा एनालाइस सम्वन्धी गोष्ठी सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालित गोष्ठीको सहजीकरण त्रिभुवन विश्वविद्यालय समाज शास्त्र विभागका पूर्व प्रमुख डाक्टर टिकाराम गौतमले गरेका थिए ।

गोष्ठीमा पूर्व प्रमुख डाक्टर गौतमले समाजशास्त्रका विद्यार्थीहरुलाई यो गोष्ठीले अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

सर्वे रिसर्च एण्ड डाटा एनालाइस परिचय, डाटा एनालाइस गर्ने सीपहरु, यसको महत्व, डाटा एनालाइस गर्ने तरिकाहरु लगायतका विषयमा छलफल गरिएको समाज शास्त्र विभाग पाल्पाका पूर्व विभागीय प्रमुख टेकराज पन्थीले बताए ।

कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस, समाजशास्त्र विभागका प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

समाजशास्त्र विभाग पाल्पाले पछिल्ला वर्षहरुमा नियमित शैक्षिक गतिविधि सञ्चालन गरेको छ ।

सेमेस्टर सञ्चालन भएपछि सत प्रतिशत उर्तीण गर्न सफल भएको जनाएको छ ।

कार्यक्रम समाजशास्त्र विभागका विभागीय प्रमुख प्रकाश राईकोअध्यक्षता र प्राध्यापक राजेन्द्र कुवर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया