
तानसेन। पाल्पामा घरमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ का ७९ वर्षीय मानबहादुर सोमै रहेको प्रहरीले जनाएको छ । गएराति आफ्नै घरमा लागेको आगोले घर समेत पुरै जलेर नष्ट भएको छ।
एक्लै बस्दै आएका सोमैको घरमा आगो कसरी लाग्यो जानकारी भने आएको छ। स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको र क्षतिको पुरा विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।