तानसेन।जिल्ला प्रशासन कार्यालय पाल्पाले पाच दिनका लागि सम्पूर्ण कार्यालयबाट प्रवाह हुने सेवा स्थगन गर्ने जनाएको छ ।
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी सेवा बन्द गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले दिएको जानकारी अनुसार कार्यालयका कर्मचारी निर्वाचन मतदान केन्द्रहरुमा खटिनु पर्ने भएको हुँदा वैशाख २५ गतेदेखि ३० गतेसम्म नागरिताको प्रमाणपत्र, नावालिक परिचयपत्र, पेन्सन तथा अन्य सिफारिसहरु स्थागित गरिएको हो ।
यस्तै वैशाख ३१ गते तथा जेठको १ र २ गतेसमे विदा परेको हुँदा जेठको ३ गतेपछि मात्रै कार्यालय नियमित रुपमा खुल्ने तयारी भएको प्रजिअ पन्तद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हेर्नहाेस विज्ञप्ति