फेकमा मतदाता प्रभाबित गर्ने जिप नियन्त्रण

पाल्पा। मौन अवधिमा मतदाता प्रभावित पार्न खोजेको आरोपमा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच बुधबार राति झपड हुँदा पाल्पाको रैनादेवी छहरामा दुई कार्यकर्ता घाइते भएका छन् । यता रिब्दीकोट  गाउँपालिकाको फेकमा एमालेका कार्यकर्ताले मतदाता प्रभाबित गर्न खोजेको आरोपमा गाडी नियन्त्रण गरेको प्रहरिले जनाएको छ ।

रैनादेवी छहरा–४, छहरा मगालमा दामोदर पौडेल र तल्लो छहराका रिखीबहादुर थामी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पौडेल कांग्रेस र थामी एमाले निकट कार्यकर्ता हुन् । दुवैलाई दुवै पक्षले मतदाता प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । सामान्य विषयमा विवाद हुँदा उनीहरुबीच झडपको स्थिति सिर्जना भएको स्थानीयले बताए । एमाले कार्यकर्ताले पौडेललाई रातिको समयमा गाउँ पसेको आरोपमा कुटपिट गरेको कांग्रेसले आरोप लगाएको छ । पौडेलको दाहिने हात फुस्किएको छ ।


एमालेलाई गाउँमै बसेका बेला गठबन्धनका कार्यकर्ताले गाउँमै विवाद गर्दा थामी घाइते भएका हुन । स्थानीय राजनीतिक दल, सुरक्षाकर्मी, सामाजिक अगुवाले भीड नियन्त्रणमा लिएका थिए । दुवै पक्षबाट भएका गल्ती कमजोरी आगामी दिनमा नदोहोर्‍याउने प्रतिबद्धता जनाएका छन् । एमालेका वडाध्यक्ष उम्मेदवार गोविन्द रायमाझी र गठबन्धनका उम्मेदवार लक्ष्मण रायमाझीले कार्यकर्ताबाट भएको गल्तीलाई जिम्मेवारी लिएर माफी मागेका छन् ।

मंगलबार रातिदेखि मौन अवधि सुरु भएपनि एमाले र गठबन्धनका नेता, कार्यकर्ता भने रातीको समयमा भेला हुने, हो हल्ला गर्ने, दुवै पक्षबीच एक अर्कालाई आरोप लगाउने गर्दै आएका छन् । मौन अवधिमा आचारसंहिता विपरीत कार्य भइरहेपनि निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मीले कडाई नगरेको स्थानीयको आरोप छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले दुबै पक्षबीच मेलमिलाप भइसकेकाले कुनै पनि उजुरी नपरेको बताए ।

उता, रिब्दीकोट गाउँपालिका–८, फेकमा रातिको समयमा मतदाता प्रभावित पार्न गाउँ डुलेको लु १ च २१९५ नम्बरको योद्धा पिकअप जिप मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको छ । एमाले निकट कार्यकर्ताले रातीमा सवारी साधन गाउँमा डुलाएको गठबन्धनबाट प्रहरीलाई खबर आएपछि गस्ती टोलीले सवारी साधन नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको