तानसेन। पाल्पाको मोहनकन्या माध्यमिक विद्यालयको मतदान केन्द्र नमुना मतदान केन्द्र बनेको छ ।
तानसेन नगरपालिका वडा नं.४ मा रहेको मोहनकन्या मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मी र स्वयमशेवकसमेत महिलाबाटै राखेर नमुना केन्द्र बनाइएको हो ।
याे मतदान केन्द्रमा जिल्ला प्रशासन कार्यालयबाट अधिकृत रमा श्रेष्ठ र करदाता सेवा कार्यालयकी प्रमुख गीता पाण्डेय मतदान अधिकृत रहनु भएको छ यस्तै सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र स्वयंसेवक पनि महिला नै खटाइएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए ।
मतदान अधिकृत रमा श्रेष्ठका अनुसार माेहनकन्याका दुई केन्द्रमा गरी कर्मचारी पाच पाच जना गरेर १० जना कर्मचारी निकायमा जनपथ प्रहरी ४ जना तथा म्यादी प्रहरी ७ जना गरेर ११ जना रहेका छन् ।
महिला मैत्री केन्द्र भएका कारण स्वयमसेवक पनि महिला नै राखेर मतदान भइरेको छ ।
जिल्लामा एकमात्र नमुना मतदान केन्द्र भएका कारण मतदान स्थलको निर्माणसमेत महिला कर्मचारीबाटै भएको र हालसम्म भयरहित वातावतरणमा मतदान भएको निर्वाचन अधिकृत गीता पाण्डेयले जानकारी दिइन्।