क्रियापुत्रीले मतदान गर्दै भने सक्षम प्रतिनिधि छान्न सहयाेग गरियो

तानसेन। पाल्पाको तानसेन नगरपालिका वडा नं. ५ सेतीपोखरीको मतदान केन्द्रबाट क्रियापुत्रीले मतदान गरेका छन् । सो केन्द्रबाट मतदान गर्ने क्रियापुत्रीले सक्षम प्रतिनिधि छान्न पाउँने अवसरले खुसी लागेको बताए ।

सेतीपाेखरीकाे जनहित आधारभुत विद्यालयको मतदान  केन्द्रबाट मतदान गर्नेमा वैदेशिक रोजगारीको शिलशिलामा कतारमा बस्दै आएका कार्कीले पहिलो पटक मतदानमा सहभागि हुन पाउदा खुसी लागेको बताए ।

बुबाको मृत्यपछि काजक्रिया गर्न घर फर्किएका कार्कीले भने, ”बुबाको मृत्युले गर्दा मसंगै मेरो परिवार शोकमा परेको छ । तर यही अवसरमा मतदान गर्न पाउँदा भने खुसी लागको छ। रोजगारीको शिलशिलामा मतदान गर्न स्वदेश फर्किने अवसर जुरेको थिएर तर अहिले दुःखका बेला भए पनि मतदान गर्न पाउदा सक्षम प्रतिनिधि चयन गर्न मेरो मत प्रयोग हुनेछ ।”

कार्कीसंगै उनका भाई कृष्ण कार्की र बुहारी ज्योती कार्कीले पनि मदान गरेका छन् । उनीहरुले पाच वर्षमा पाएको मताधिकारको प्रयोग गरेर नयाँ प्रतिनिधि चयनमा सहभागि  पुग्भने विश्वास व्यक्त गरे  ।

यस्तै सोही मतदान केन्द्रबाट अन्य कृयापुत्रीले समेत मतदान गरेको निर्वाचन अधिकृत दिपक भट्टराईले जानकारी दिए । मतदानमा सहाभगि क्रियापुत्रीहरु अन्य मतदाता जस्तै उत्साहित भएर सहभागि भएको अधिकत भटटराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया