तानसेन। आज भएको स्थानीय तह सदस्य निर्वाचनमा पाल्पाका मतदाता उतसाहित भएर सहभागि भएका छन् ।
जिल्लाको दश स्थानीय तहका गरि ११८ वटा मतदानस्थलबाट शात्पिूर्ण रुपमा मतदान गरी निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ ।
मतदानमा युवादेखि जेष्ठ नागरिकको उत्साहजनक उपस्थिथिती रहेको सबै स्थानीय तहका मतानद अकिृतहरुले जनाएका छन्। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा कुनै केन्द्रमा पानी र हावाहुरीका कारण केही समय ढिलाई भएर मतदा नसुरु भएको थियो भने बेलुका ५ बजे नै मतदान सक्नुपर्नेमा पनि केही समय ढिलाई भएको निर्वाचन अधिकृतहरुले जनाएका छन् ।
यसैबीच मतदानस्थल वरपर भने आचारसंहिताको उल्लङ्घन भएपनि त्यसतर्फ राजनीतिक दल तथा सरोकारवाल निकायले भने चासो नदिएको मतदाताले बताएका छन् ।
हेर्नुहोस नयाँधारको क्यामेरामा कैद भएका केही तस्वीरहरुः