
पाल्पा । तानसेन नगरपालिकामा ३ सय मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
वडा नंं. १ मा उक्त संख्यामा मतगणना हुँदा गठबन्धनतर्फबाट मेयरका उम्मेद्वार कांग्रेसका सन्तोषलाल श्रेष्ठले १ सय ३३ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्र्रराज घिमिरेले १ सय २२ मत प्राप्त गरेका छन् । मेयर पदमा ११ मत अन्तर परेको छ । यसअघि सार्वजनिक मतपरिणाममा नेकपा एमालेले अग्रता लिएको थियो ।
उपमेयरमा भने नेकपा एमालेले अग्रता कायम गरेको छ । उपमेयरमा एमालेकी उम्मेद्वार शशी श्रेष्ठले १ सय ४४ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओबादी केन्द्रकी उम्मेद्वार प्रतिक्षा सिंजालीले ९१ मत प्राप्त गरेकी छिन् ।
वडामा भने २ सय ८ मतका साथ कांग्रेसले अग्रता कायम गरेको छ ।