पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । शनिबार राती ९ बजेसम्म ११ सय मत गणना हुँदा गठबन्धनतर्फबाट मेयरका उम्मेद्वार कांग्रेसका सन्तोषलाल श्रेष्ठले ५ सय १४ मतसहित अग्रता लिएका हुन् ।
वडा नंं. १ मा उक्त संख्यामा भएको मतगणनामा मेयरका उम्मेद्वार श्रेष्ठका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्रराज घिमिरेले ४ सय ७९ मत प्राप्त गरेका छन् । श्रेष्ठ र घिमिरेबीचको मतान्तर ३५ छ ।
उपमेयरमा भने नेकपा एमालेले अग्रता लिएको छ । उपमेयरमा एमालेकी उम्मेद्वार शशी श्रेष्ठले ५ सय ३० मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेद्वार प्रतिक्षा सिंजालीले ४ सय २ मत प्राप्त गरेकी छिन् । वडाध्यक्षमा भने कांग्रेसले धेरै अन्तरले अग्रता लिईरहेको छ । कांग्रेसले ६ सय ७५ मत प्राप्त गर्दा एमालेले ३ सय ६६ मत ल्याएको छ ।