पाल्पा । निस्दी गाउँपालिका –२ सहलकोटमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उम्मेद्वार फत्त सिं दर्लामी ६१३ मत सहित वडाध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेपाली कांग्रेसका उम्मेद्वार याम बहादुर मश्राङ्गीले २९६ मत प्राप्त गरेका छन् ।
निस्दी –२ मा ९०३ मत खसेको थियो ।