
तानसेन । पाल्पाको रामपुर नगरपालिका – ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका डिल बहादुर राना विजयी भएका छन् । वडामा राना प्यानलसहित विजयी भएका हुन् ।
रानाले ७६८ मत ल्याउदा उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार नेत्र बहादुर गाहाले ६८६ मत प्राप्त गरे । यस वडामा १४८१ मत खसेको थियो ।