तानपा –५ को अध्यक्षमा रावल निर्वाचित

पाल्पा । तानसेन नगरपालिका वडा नंं. ५ को वडाअध्यक्षमा रामबहादुर रावल निर्वाचित भएका छन् । गठबन्धनका साझा उम्मेद्वार नेकपा माओवादी केन्द्रका रावल ३९६ मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका हुन ।

रावलले एमालेका प्रतिस्पर्धी विष्णु कार्कीलाई फराकिलो मतान्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । रावल यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer