
पाल्पा । तानसेन नगरपालिका –६ को अध्यक्षमा नेपाली कांग्रेसका सागरमान महर्जन विजयी भएका छन् ।
आईतबार राती सार्वजनिक मतपरिणामअनुसार महर्जनले १०१० मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भए भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका भरत प्रसाद न्यौपानेले ७५१ मत मात्र प्राप्त गरे ।
वडामा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका महर्जनसहित उनको प्यानल नै विजयी भएको हो । महर्जनले फराकिलो मतान्तरले वडाध्यक्ष जितेका हुन् । उनी यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि वडाध्यक्षमा विजयी भएका थिए । तानसेन नगरपालिकाका ६ वटा वडामा मतगणना सकिएको छ । जसमा ६ वटै वडामा गठबन्धनका उम्मेद्वारले विजयी हासिल गरेका छन् ।