पूर्वखोला गाउँपालिकामा फराकिलो मतान्तरसहित नुन बहादुर र भागिरथी नै दोहोरिए

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा यसअघिकै जनप्रतिनिधि दोहोरिएका छन् । आईतबार राती सार्वजनिक मत परिणामअनुसार गाउँँपालिका अध्यक्षमा एमालेका नुन बहादुर थापा निर्वाचित भएका छन् भने उपाध्यक्षमा एमालेकै भागिरथि शर्मा (भट्टराई) निर्वाचित भएको गाउँपालिकाका सहायक निर्वाचन अधिकृत मान बहादुर सारुले जानकारी दिए ।

थापा ६ हजार ४९ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकिकृत समाजवादीका उम्मेद्वार मिन प्रसाद गिरीले १ हजार २ सय ५७ मत प्राप्त गरे ।

(भट्टराई) ५ हजार ८ सय ९४ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित हुँदा उनकी प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी उम्मेद्वार विष्णुकुमारी आचार्यले २ हजार २ सय ५० मत प्राप्त गरिन् । अध्यक्ष र उपाध्यक्षमा दुबैले आफ्नो प्रतिद्धन्द्धीलाई फराकिलो मत अन्तरले हराउँदै निर्वाचित भएका हुन् । पूर्वखोला गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेद्वार दिएका नुन बहादुर थापा र भागिरथि शर्मा (भट्टराई) अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

८ हजार ७ सय ५९ मत खसको पूर्वाखोलाको ६ वटै वडामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । गाउँपालिकामा १ सय २५ मत भने बदर भएको सहायक निर्वाचन अधिकृत सारुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer