पाल्पा । पाल्पाको तानसेन नगरपालिकामा सोमबार विहानसम्म ७ वटा वडाको मतगणना सकिएको छ । जसमा ७ वटा वडामै ५ दलीय गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् ।

वडा नंं. १ मा गठबन्धनतर्फका उम्मेद्वार कांग्रेसका सुनिल कुमार बस्याल प्यानलसहित निर्वाचित भए । वडा नंं २ मा कांग्रेसका महेश्वरलाल श्रेष्ठ प्यानलसहित निर्वाचित भए । वडा नंं. ३ मा कांग्रेसकै बाबुरत्न शाक्य प्यानलसहित विजयी भए भने वडा नंं. ४ मा कांग्रेसकै हेमन्त राज शाक्य विजयी भएका छन् ।

वडा नं. ५ को वडाध्यक्षमा गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका रामबहादुर रावल निर्वाचित भए । यस वडामा पनि गठबन्धनको प्यानल नै विजयी भएको हो ।

वडा नं. ६ मा काग्रेसको तर्फबाट सागरमान मार्हजन र वडा नं. ७ मा काग्रेसकै प्रदीप खनाल विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जानकारी दिएको छ ।

अहिले वडा नं. ८ र ९ काे गणना जारी रहेकाे छ ।

तानसेनमा सात वटा वडाको मत गणना हुँदासम्म नगर प्रमुखमा गठबन्धनतर्फका उम्मेद्वार नेपाली काँग्रेसका सन्तोष लाल श्रेष्ठले ११ सय बढीले अग्रता लिएका छन् । श्रेष्ठले ६ हजार १ सय ७६ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी नेकपा एमालेका धनेन्द्र राज घिमिरेले १ हजार ८ सय ६४, ५ हजार ६१ मत प्राप्त गरेका छन् ।

उप–प्रमुखमा पनि गठबन्धनले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय तानसेनका अनुसार गठबन्धनबाट माओवादी केन्द्रकी प्रतीक्षा सिंजालीले ५ हजार ९ सय ५३ मत ल्याउँदा नेकपा एमालेकी शशी श्रेष्ठले ४ हजार ४ सय ८४ मत ल्याएकी छिन् ।

तपाईको प्रतिक्रिया