पाल्पा । तानसेन नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । तानसेन –८ को अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार सोमनाथ अर्याल निर्वाचित भएका हुन् । वडामा एमालेको प्यानल नै विजयी भएको हो ।
अर्याल ८ सय २३ मत प्राप्त गरेर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेद्वार मोहनलाल कार्कीले ५ सय ९४ मत पाएका छन् ।
यसअघि तानसेनका गतगणना भएका ७ वडामा ५ दलिय गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् ।





















