पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार यमबहादुर चिदी निर्वाचित भएका छन् ।

यस्तै उपध्यक्षमा पनि एमाले कै बिष्णुमाया लुङ्चे विजयी भएकी छिन् । चिदीले ६ हजार १ सय ९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सन्तोषकुमार थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि अध्यक्ष रहेका थापाले ५ हजार ५ सय ५४ मत ल्याएका छन् ।

तस्वीर सौजन्य : हरि जिसी

यस्तै, गाउँपालिका उपाध्यक्षमा लुङ्चेले ५ हजार ८ सय ८२ मत ल्याएर निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी विजयाकुमारी भट्टराईले ५ हजार ६ सय ४४ मत प्राप्त गरेको माथागढी गाउँपालिका निर्वाचन अधिकृत मिना अर्यालले जानकारी दिईन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुने चिदी र लुङ्चे दुवैजना पूर्व स्वास्थ्यकर्मी हुन् ।

यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा यस पालिकामा नेपाली कांग्रेसले क्लिनस्विप पारेको थियो । आठ वडा रहेको पालिकामा १९ हजार ३ सय ४७ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया