पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष अर्याल वडाध्यक्षमा निर्वाचित

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्याल वडाध्यक्षमा निर्वाचित भएका छन् । नेकपा एमालेको तर्फबाट तानसेन नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा उम्मेद्वारी दिएका अर्याल ३२२ मतान्तरसहित निर्वाचित भएका हुन् । अर्यालले ८५९ मत ल्याएका छन् ।

तस्वीर : सामाजिक सञ्जाल

वडामा स्वतन्त्र उम्मेद्वार दोस्रो भएका छन् । स्वतन्त्र उम्मेदवार बिष्णुप्रसाद भण्डारीले ५३७ मत प्राप्त गरे भने गठबन्धनतर्फका उम्मेद्वार एकिकृत समाजवादीका मिनप्रसाद बञ्जाडेले ४०९ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा निर्वाचित अर्यालले पत्रकार महासंघमा यसअघिको दुई कार्यकालको नेतृत्व गरेका थिए ।

तपाईको प्रतिक्रिया