रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कार्की, उपाध्यक्षमा कांग्रेसकी कान्ता निर्वाचित

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनतर्फका उम्मेद्वार निर्वाचित भएका छन् ।

यसअघिको निर्वाचनमा नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका नारायण बहादुर जिसी र उपाध्यक्ष निर्वाचित लक्ष्मी खनाललाई हराउँदै गठबन्धनतर्फका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की अध्यक्ष र कांग्रेसकी उम्मेद्वार कान्ता अधिकारी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । ५ हजार ७ सय ७ मतका साथ माओवादी केन्द्रका कार्की गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका जिसीले ४ हजार ६ सय २६ मत पाएको रिब्दीकोट गाउँपालिकाका निर्वाचन अधिकृत टिकाराम अर्यालले जानकारी दिए ।

त्यस्तै, कांग्रेसकी कान्ता अधिकारीले ५ हजार ४ सय ७९ मत ल्याएर गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी एमालेकी खनालले ४ हजार ९ सय २६ मत ल्याएकी छिन् ।

८ वटा वडा रहेको गाउँपालिकामा ६ वडा गठबन्धनले र २ वडा नेकपा एमालेले जितेको छ । गाउँपालिकामा ११ हजार २ सय ५९ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया