रैनादेवी गाउँपालिकामा गठबन्धनका उम्मेद्वार निर्वाचित

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनतर्फका उम्मेद्वार निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत पाए ।

त्यस्तै ६ हजार ३ सय ७ मत ल्याएर माओवादी केन्द्रका युवराज थापा उपाध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्धन्दी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार १ सय ६१ मत पाइन् ।

८ वटा वडा रहेको गाउँपालिकामा २ वटा वडा नेकपा एमाले र ६ वटा वडाको अध्यक्षमा गठबन्धनतर्फका उम्मेद्वार निर्वाचित भए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer