
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेद्वार रमणबहादुर थापा निर्वाचित भएका छन् । १० हजार ४ सय ५६ मत प्राप्त गर्दै उनी मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत प्राप्त गरे ।
उपमेयरमा पनि नेपाली कांग्रेसकै उम्मेद्वार निर्वाचित भएका छन् । १० हजार ३ सय ७ मत ल्याएर बालकुमारी थापा उपमेयरमा निर्वाचित हुँदा उनकी प्रतिद्धन्दी नेकपा एमालेकी दुर्गादेवी रानाले १० हजार २ सय ५० मत ल्याएकी छिन् । मेयरमा निर्वाचित थापा २०७४ को स्थानीय तह निर्वाचनमा पनि मेयरमा निर्वाचित भएका थिए ।
१० वटा वडा रहेको रामपुरमा ७ वटा वडामा नेपाली कांग्रेसका उम्मेद्वार निर्वाचित भएका छन् । ३ वटा वडामा नेकपा एमालेका उम्मेद्वार निर्वाचित भएका छन् । रामपुरमा २१ हजार ३ सय ८५ मत खसेको थियो ।