
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा कडा सुरक्षा घेराभित्र मतगणना जारी छ । आइतबार बिहान १० बजे प्राप्त जानकारी अनुसार ५ वडा रहेको गाउँपालिकामा वडा नंं. १, वडा नं. ४ र वडा नं. ५ को मतगणना सकिएको छ ।
अहिले वडा नं. २ को मतगणना जारी छ । गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । त्यस्तै वडा नं. ४ र ५ मा भने नेकपा एमाले प्यानलसहित विजयी भएको छ ।
वडा नं. २ मा १ हजार ७५१ मत खसेकोमा १ हजार ४०० मत गणना भईसकेको गाउँपालिकाका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
पालिका अध्यक्ष/उपाध्यक्षमा को अगाडि ?
आइतबार बिहान १० बजे प्राप्त जानकारी अनुसार पालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेद्वारहरु अगाडि छन् । नेकपा एमालेका उम्मेद्वार विष्णुप्रसाद भण्डारीले ४ हजार १०६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद अधिकारीले ३ हजार २७७ मत पाएका छन् । उपाध्यक्षमा एमालेकी राधाकुमारी श्रेष्ठले ४ हजार २५३ मतका साथ अगाडि हुँदा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार थापाले ३ हजार ४४९ मत पाएका छन् ।
अब वडा नं. २ को ३५१ र ३ को २ हजार ९८४ मत गणना हुँन बाँकी रहेको गाउँपालिकाका निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए ।
गाउँपालिकामा वडा नं. ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि बैशाख ३१ गतेदेखि गणना कार्य स्थगित भएको थियो । स्थगित मतगणना गत शु्रकबार साँझदेखि बल्ल सुरु भएको थियो ।