
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ ।
अब एक लिटर पेट्रोलको मूल्य १ सय ८० रुपैयाँ पर्नेछ भने मटिट्तेल र डिजेलको १६३ रुपैयाँ पुगेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य १८ सय रुपैयाँ पुगेको छ ।
किन बढ्यो पेट्रोलियम पदार्थको मूल्य ? हेर्नुहोस् प्रेस विज्ञप्ती