
पाल्पा । सुख्खा पहिरो खस्दा तानसेन– बुटवल सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडकको तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो १ बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेको हो । अहिले पाल्पादेखि वुटवलतर्फ जाने तथा बुटवलदेखि पाल्पातर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् । सडक पूर्णरुमा अवरुद्ध छ ।
सडक डिभिजन कार्यालयको एउटा जेसीबीले पहिरो पन्छाउने काम सुरु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए ।
‘पहिरो ठूलै छ । भर्खरै एउटा जेसिबी आएर पहिरो पन्छाउने काम गर्दैछ’ मल्लले नयाँधारसँग भने, ‘सडक एकतर्फी खुलाउन पनि कम्तिमा डेढ–दुईघण्टा लाग्ला ।’ सोही स्थानमा केही दिनअघि पनि सुख्खा पहिरो खसेको थियो ।