पाल्पा । सुख्खा पहिरो खसेपछि सोमबार दिउँसोदेखि अवरुद्ध तानसेन– बुटवल सडकखण्ड खुलेको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो सुख्खा पहिरो खसेको थियो ।
पहिरोका कारण अवरुद्ध सडक सोमबार रातीदेखि एकतर्फी खुलेको हो । सडक दुईतर्फ खुलाउन केही समय लाग्ने बताईएको छ ।