‘हामी मिलेर रम्भा समृद्धिको महाअभियानमा यात्रा गर्नेछौं’

पाल्पा । रम्भा गाउँपालिकाको अध्यक्षमा निर्वाचित विष्णुप्रसाद भण्डारीले आफूहरु मिलेर गाउँँपालिकाको समृद्धीको महाअभियानमा यात्रा गर्ने बताएका छन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएसँगै भण्डारीले यो लोकतन्त्रको एउटा प्रक्रिया र पद्दतिभित्रको मतदाताहरुकै जित भएको बताएका छन् । उनले विश्वास गरी विजयी बनाउने सबैप्रति कृतज्ञता समेत ब्यक्त गरेका छन् ।

‘यो जित लोकतन्त्रको एउटा प्रक्रिया र पद्दतिभित्रको यहाँहरुकै जित हो । अब हामी मिलेर रम्भा समृद्धिको महाअभियानमा यात्रा गर्नेछौं ’ उनी भन्छन् ‘रम्भा गाउँपालिकामा हामी सदासर्वधा यहाँहरूकै सद्भाव र सहकार्यका साथ जाने बाचा गर्दै म हर्षका आँशुसहित यहाँहरु सबैमा हृदयको अन्तर गहिराईदेखि हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

अध्यक्ष भण्डारीले दोस्रो कार्यकालको अभिभारालाई आफू र आफ्नो टिमले रम्भाबासीकै सल्लाह र सुझावबमोजिम पूरा गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै अध्यक्ष भण्डारीले उक्त कुरा बताएका हुन् ।

रम्भा गाउँपालिकामा अध्यक्षमा मात्र नभई उपाध्यक्षमा पनि यसअघिकै जनप्रतिनिधि दोहोरिएका छन् । अध्यक्षमा विष्णुप्रसाद भण्डारी विजयी हुँदा उपाध्यक्षमा एमालेकी राधाकुमारी श्रेष्ठ विजयी भएकी हुन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको