सरकारको नीति तथा कार्यक्रम ४ बजे संसदमा प्रस्तुत हुने

पाल्पा । आज (मंगलबार)संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ । मंगलबार ४ बजे बस्ने सो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन् ।

सरकारले नीति तथा कार्यक्रम निर्माण अन्तिम चरणमा पुर्याएको छ । हरेक निकाय तथा मन्त्रालयहरुले निर्माण गरेको नीति तथा कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयले एकीकृत गरिरहेको छ ।

आजदेखि बजेटको सिद्धान्त र प्राथमिकताबारेको छलफल सकिएसँगै नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ । जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ ।

तपाईको प्रतिक्रिया