लामो दूरीमा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा, तानसेन–काठमाडौंको कति ?

पाल्पा । लामो दूरीका सार्वजनिक सवारीसाधनको भाडा फेरि बढेको छ। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेसँगै लामो दूरीका सवारीसाधनको भाडादर बढेको हो।  वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा भाडा बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले बताएको छ ।

विभागले सूचना जारी गर्दै मंगलबारबाट लागू हुने गरी भाडादर बृद्धि भएको जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीमा २.१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३ प्रतिशतले भाडा वृद्धि भएको छ ।

तानसेन बसपार्क । तस्वीर : नयाँधार

यसअघि सरकारले गत चैत्र १७ गते सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने निर्णय गर्दै भाडा बढाएको थियो । यसअघि सवारी भाडा बढाउँदाको तुलनामा अहिले इन्धनमा ६.५३ प्रतिशत मूल्यवृद्धि भएकाले सार्वजनिक सवारीको भाडा बढाउनुपरेको विभागले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer