
तानसेन। पाल्पामा बुटवलतर्फ लैजाँदै गरेको अवस्थामा अवैध काठ बरामद गरिएको छ ।
बुधबार बिहान तानसेन नगरपालिका वडा नं. १३ केरबादीदेखि बुटवलर्फ लैजाँदै गरेको अवस्थामा २४ गोलिया सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीको टालीले तानसेन नगरपालिका ६ बसपार्क नजिकै चेकिङ गर्ने क्रममा लु १ ज २५९१ नम्बरको बोलेरो जीपबाट अन्दाजी १३.४५ क्यु फिट बराबरको २४ गोलिया सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले बताए ।
गाडीसहित २ जनालाई डिभिजन वन कार्यालयको जिम्मा लगाई थप अनुसन्धान जारी रहेको समेत थापाले जानकारी दिए ।