देशैभरका नवनिर्वाचित जनप्रतिनिधिका लागि अभिमुखीकरण हुने, लुम्बिनी प्रदेशमा कहिले ?

पाल्पा । स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित जनप्रतिनिधिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २ दिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । प्रदेश सरकारसँगको सहकार्यमा स्थानीय सरकार संचालन तथा स्थानीय विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्न लागिएको हो ।

महानगरपालिका, उपमहानगरपालिका एवं नगरपालिकाका सबै प्रमुख र उपप्रमुख, सबै गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई अभिमुखीकरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । सात वटै प्रदेशमा अभिमुखीकरण हुने भएको बताउँदै मन्त्रालयका सहसचिव डा. गोपीकृष्ण खनालले सबै जनप्रतिनिधिलाई कार्यक्रममा आमन्त्रण गरेका छन् ।

लुम्बिनी प्रदेशमा जेठ ३० र ३१ गते अभिमुखीकरण हुनेछ । त्यस्तै, प्रदेश नं. १ मा जेठ २५ र २६ गते, मधेश प्रदेशमा २७ र २८ गते, बागमती प्रदेशमा ३० र ३१ गते, गण्डकी प्रदेशमा २७ र २८ गते, कर्णाली प्रदेशमा २७ र २८ गते तथा सुदूरपश्चिम प्रदेशमा २५ र २६ गते अभिमूखीकरण हुने भएको हो ।

कार्यक्रमस्थल सम्बन्धि जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया