
पाल्पा । पाल्पाको भैरवस्थान मन्दिरमा दर्शन गर्न आउने क्रममा हराएको सुनको सिक्री प्रहरीले फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ७ बस्ने २७ वर्षीया प्रेम कुमारी रेश्मीको सुनको सिक्री मन्दिर दर्शकका क्रममा शनिबार हराएको थियो । उनले आफ्नो सिक्री हराएको मौखिक जानकारी प्रहरी चौकी हार्थोकमा गराएकी थिइन् ।
त्यहाँबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सिक्री फेला पारी सम्बन्धित धनिलाई बुझाएको हो ।