
तानसेन । जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणी गरेको आरेपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले पूर्वखोला गाउँपालिका वडा नं.३, रिङनेरहस्थित द्वारेगौडाबाट ३१ वर्षीय श्यामबहादुर दर्जीलाई पक्राउ गरेको हो।
दर्जीले पूर्वखोला गाउँपालिकामा बस्ने २५ वर्षीया महिलालाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी बीरेन्द्र थापाले जानकारी दिए ।
दर्जीले ती महिलाको घरमा कोही नभएको बेला गएर करणी गरेको आरोप लागेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जबरजस्ती करणीको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पूर्वखोला र जिल्ला प्रहरी कार्यालयबाट खटिएको अधिकृतहरुको टोलीले श्यामबहादुरलाई नियन्त्रण लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।