
काठमाडौं। हिजोदेखि सम्पर्कबिहीन तारा एयरको विमान आज बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
चालक दलका तीन जनासहित २२ जना सवार विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।
विमानमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार उनीहरुको पहिचान हुन भने बाँकी रहेको छ ।
कोवाङबाट हेलिकप्टरबाट गएका नेपाली सेना सहित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र शेर्पाको टोली घटनास्थल पुगेर खोजीकार्य जारी राखेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
हाल नेपाली सेनासहित प्रहरी, शसस्त्र प्रहरीका साथै फिस्टेल र कैलाश एयरको एक।एक हेलिकप्टर उद्धारमा परिचालन गरिएको छ ।